नेपाली नयाँ वर्ष २०८१ शुभकामना सॅाझ सम्पन्न !!!

नेपाली नयाँ वर्ष २०८१ शुभकामना सॅाझ सम्पन्न !!!

नेपाली नयाँ वर्ष २०८१ शुभकामना सॅाझ सम्पन्न !!!

अप्रिल १३, २०२४ - नेपाली नयाँ वर्ष  २०८१ को आगमनको उपलक्ष्यमा नेब्रास्का नेप्लिज सोसाइटीले नेपाली नयाँ वर्ष २०८१ शुभकामना साँझ कार्यक्रम अप्रिल १३, २०२४ (बि. स. २०८१ साल बैशाख १ गते शनिबार) का दिन Autism Center of Nebraska को हलमा भव्यरुपमा सम्पन्न गरेको छ ।  संस्थाका उपाध्यक्ष शिव थापाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई संजय श्रेष्ठ र मोनिका प्रधान ज्यू ले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो भने संस्थाका बोर्ड सदस्य प्रविन शर्माले अडियो व्यब्स्थापन तथा DJing मार्फत दर्शकहरुलाई मनोरञ्जन गराउनु भएको थियो !  त्यसैगरी संस्थाका अन्य पदाधिकारीहरु र स्वयंसेवकहरू स्वस्फुर्तिले विभिन्न कार्यहरु सम्पन्न गरेका थिए। सस्कृति र परम्परालाई कायम राख्दै पञ्चकन्याद्वारा अतिथिहरूलाई स्वागत गरिएको थियो।  कार्यक्रममा अनुमानित ५०० देखि ६०० सहभागीहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनु भएको थियो ।  

नेब्रास्का नेप्लिज सोसाइटीका अध्यक्ष सुशील श्रेष्ठले नेपाली नयां बर्षको महत्व  झल्काउँदै समुदायको अटुट सहयोग र सहभागिताको लागि कृतज्ञता व्यक्त गर्दै न्यानो स्वागत मन्तव्यबाट कार्यक्रमको  सुरुवात गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष यदु सापकोटाले सांस्कृतिक सम्पदा मनाउन एकजुट हुनुको महत्त्वलाई जोड दिँदै संस्थाद्वारा आयोजित हरेक कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यबाद व्यक्त गर्नुभएको थियो भने संस्थाका महा सचिव ध्रुब गौतमले कार्यक्रमको प्रारम्भ गर्दै यस संस्थाका वर्ष भरिका कार्यक्रमहरुका विषयमा जानकारी गराउनु भएको थियो। 

कार्यक्रम सम्पन्न गर्न नेब्रास्का निवासी व्यक्तित्व एवं संघसंस्थाहरुले स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्नुभएको थिंयो । संस्थाका बोर्ड सदस्य "जनसम्पर्क संयोजक" अमर थापाले निशुल्क भिडियोग्राफी र स्वयंसेवक कृष्ण शाक्यले निशुल्क फोटोग्राफी गरि कार्यक्रमलाई थप सहयोग पुर्याउनु भएको थियो। स्वयंसेविका अन्जु चापागाईले बालबालिकाहरुलाई नृत्यमा कोरियोग्राफी गराउनु भएको थियो भने संस्थाका बोर्ड सदस्यहरु सविना सुवेदी पौडेल र अनिता सपकोटा अतिथि स्वागतपेक्षमा खटिएका थिए । संस्थाका बोर्ड सदस्यहरु - विकाश ढकाल (कोषाध्यक्ष), सुरेश श्रेष्ठ र राजु सुबेदि फुड व्यवस्थापन; बोर्ड सदस्यहरु - अशोक ढकाल, अमृत चापागाई र धिरज चौधरी कार्यक्रम स्थल व्यवस्थान; बोर्ड सदस्य विश्व विक्रम थापा ड्रेस तथा स्टेज व्यवस्थापन; सूचना सचिव रमेश भण्डारी मिडिया व्यवस्थापन;  स्वयंसेवक उज्वल सत्याल र कमल सापकोटा पेय पदार्थ व्यवस्थान; साथै बिभिन्न व्यक्तिहरुले निस्वार्थ भावले स्वयंसेवकको रुपमा सहयोग गर्नु भएको थियो ! तपाईंहरुको समर्पण, सहयोग र कडा परिश्रमले हाम्रो कार्यक्रमलाई पूर्ण सफल बनाएकोछ ! तपाईंको निस्वार्थ प्रतिबद्धता र अथक प्रयासहरूको लागि धन्यवाद व्यक्त गर्दछौं ।  

“नेपाली नयाँ वर्ष उत्सव मनाउने समय मात्र होइन, हाम्रो मित्रता र एकताको बन्धनलाई पुन: पुष्टि गर्ने क्षण पनि हो," नेपाली गीत, सङ्गीत, नृत्य र कलात्मकताको समृद्ध  प्रदर्शन गर्दै स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्नुभएको थियो । बालबालिकाहरुका नृत्य, परम्परागत लोकनृत्यदेखि समसामयिक सांगीतिक र हास्यब्यंग्यसम्मका प्रत्येक प्रस्तुतिले दर्शकहरूलाई मोहित तुल्याएको  र वातावरणलाई आनन्द र उर्जाले भरिदिएको थियो । 

निस्सन्देह, स्वादिस्ट खाना बिना कुनैपनि कार्यक्रमहरु पूर्ण हुंदैनन् र  कार्यक्रममा अतिथी सहभागिहरुलाई मःमः, सुशी, समोसा चाट, स्वान्डविच, चिप्स र किड्स जुसका साथै स्फूर्तिदायी पेय पदार्थहरु उपलब्ध गराइएको थियो । नोरी सुशी मार्फत सुशी, संगीता मल्ल मार्फत  मःमः, कुल सुवेदी मार्फत समोसा चाट, लिट्टल किन्ग मार्फत स्वान्डविच र यस संस्था मार्फत चिप्स, किड्स जुसका साथै स्फूर्तिदायी पेय पदार्थहरु उपलब्ध गराइएको थियो ।

यस वर्षको नेपाली नयॅा बर्ष २०८१ को सफलताले  नेब्रास्कामा नेपाली समुदाय बिचको एकता, संस्थाप्रति समुदायका ब्यक्तित्वहरुको चासो, निरन्तर सहयोग र सद्भावलाई  उजागर गरेकोछ । यसले सांस्कृतिक आदानप्रदान र समावेशीताको शक्तिको प्रमाणको रूपमा काम गर्दछ।  नेपाली नयाँ वर्ष २०८१ को उत्कृष्ट सफलतासँगै नेब्रास्का नेप्लिज सोसाइटीले आगामी वर्षहरूमा समुदायमा सांस्कृतिक गौरव र एकता कायम राख्ने आफ्नो अभियानलाई निरन्तरता दिइरहनेछ ।

MC  (Master of Ceremonies)
1 Sanjay Shrestha
2 Monika Pradhan
Panchakanya ( पञ्चकन्या )
1 Aryana Thapa
2 Arya Shrestha
3 Tuyana Nirola
4 Aarbhi Basnet
5 Anokhi Basnet
Volunteers 
S.N. NAME JOB
1 Kaji Bhai Basnet Chair Pickup, Event Hall Managment & Guest Take Care
2 Prakash Ale Manar Event Hall Managment & Guest Take Care
3 Ninan Karki Event Hall Managment & Food Distribution
4 Ujjwal Satyal Drinks Managment
5 Kiamal Sapkota Drinks Managment
6 Gyanendra Acharya Event Hall Managment
7 Narayan Paudel Event Hall Managment
8 Krishna Shakya Photography
9 Anju Chapagain Dance Choreography
10 Devu Rana Food Distribution & Event Hall Managment
11 Sarmila Thapa Food Distribution & Event Hall Managment
12 Sujata Subedi Food Distribution & Event Hall Managment
13 Goma Sapkota Guest Managment
Young Volunteers
S.N. NAME JOB
1 Swachhhnda Saptota Event Hall Management & Food Distribution
2 Aaron Thapa Event Hall Managment
3 Prasant Sapkota Event Hall Managment
4 Sunam Dhakal Event Hall Managment
5 Saru Sapkota Event Hall Managment
6 Skar Shrestha Event Hall Management & Food Distribution
7 Sarvesh Shrestha Event Hall Management & Food Distribution
Nepali New Year 2081 - Performer /Entertainer
SN Types Name Songs/Contains
1 Singing Rabindra Acharya Timi Lai ma Ke Bhanu….
2 Singing Suman Rai Lagyo ni Baduli
3 Poetry Nabin Adhikari Kabita
4 Dancing Arohi,                        Anuska,                    Ayesha,                  Mahima, and           Ayesha Pheri Kaha Aauchha Ra Ghumera
5 Singing (Rap) Heeman Magar Rap Song
6 Dancing Sambriddhi Paudel, and  Krisha Gautam Hijo Rati Sapani ma
7 Dancing Siddhi Paudel Kahile Phula Bani
8 Singing Kumar Ghimire Own New Song Release
9 Singing Nikita K. Thapa 1. Siraima sirbandi
2. Gairi Khet ko Sirai hanyo

 
10 Singing Kayan Regmi -Timi Nachana Na
- ******
11 Dancing Aarohi Timilsina Pari Tyo Daada ma Hera Gham Lagyo Gamailo
12 Drama Amar Thapa Standup Comedy
13 Dancing Subin, and                  Aagya Sansangai Jauna Kanchhi.
14 Singing Bishow  B Thapa 1. Pheri Tyo Din
2. Siru Pate Junga Ma
3. Yo Man Ta Mero Nepali Ho
15 Singing Shiva Thapa 1. Chiya Barima
2. Dada Ghare Saili
3. Resham and Talko Pani
16 Singing Anup Niroula 1. Aljhe Chha + Parkhaima
2. Allare - Dipak Bajracharya
3. Piudina Bhanda Bhandai

 
17 Dancing Arohi,                        Anuska,                    Ayesha,                  Mahima, and                Nikki Nir Jahile Risaune
18 Djing Pravin Sharma Nepali Music
 
Share: