slot deposit pulsa slot mahjong slot gacor slot gacor slot gacor resmi slot gacor 2025 slot gacor terpercaya slot gacor 2025 slot gacor hari ini slot gacor hari ini slot gacor hari ini
Nebraska Nepalese Society (NNS) | नेपाल आइडल विजेता नेब्रास्का आउदै

नेपाल आइडल विजेता नेब्रास्का आउदै

नेपाल आइडल विजेता  नेब्रास्का आउदै

नेपाल आइडल विजेता नेब्रास्का आउदै

नेपाल आइडल सिजन २ विजेताहरु आफ्नो साँगितिक धमाकाका लागि नेब्रास्का आउने भएका छन् । नेप्लीज नेब्रास्का सोसाइटी अमेरिकाले आगामी अप्रिल १९ शुक्रबारको दिन गर्न लागेको नया वर्ष रमझम साँझको अवसर पारी नेपाल आइडल टिमलाई नेब्रास्का ल्याउने निर्णय गरेको हो । शनिबार सोसाइटीका अध्यक्ष राज आचार्यको अध्यक्षतामा बसेको बैठकले सो कुरा पारित गरेको छ । नेपाल आइडल सिजन २ विजेता रवि ओढ, फस्ट रनर अप विक्रम बराल र सेकेन्ड रनर अप सुमित पाठकको बेजोड प्रस्तुती रहने सो कार्यक्रममा सहभागी भई मनोरन्जन लिन सोसाइटीले सबैलाई आग्रह समेत गरेको छ । कार्यक्रम हुने हल र टिकट सम्बन्धि जानकारी भने केही दिनमा जानकारी गराइनेछ ।
यसैवीच सोसाइटीले आगामी मार्च ३ तारिख आइतबार गर्न लागेको महाशिवरात्री पुजा तथा भजन किर्तन कार्यक्रमलाई व्यवस्थित गर्न जिम्मेवारी वाँगफाड गरेको छ । हिन्दु मन्दिर ओमाहामा साँझ ४ बजेदेखि ८ बजेसम्म हुने कार्यक्रमलाई सम्पन्न गर्न उपाध्यक्ष कृष्ण कँडेल र कोषाध्यक्ष धु्रव पौडेललाई हल व्यवस्थापन, पब्लिक रिलेसन संयोजक सुमित्रा न्यौपाने, मनिषा महर्जन र मिना आचार्यको संयोजकत्वमा प्रसादी व्यवस्थापन र सदस्य बसन्त श्रेष्ठको संयोजकत्वमा भजन किर्तन समुह व्यवस्थापन रहने गरि जिम्मेवारी तोकिएको छ ।
यसैवीच बैठकले बाँकि कार्यावधी सम्पन्न गर्न यस वर्ष समितिमा रहने सम्पुर्ण पदाधिकारीको अन्तिम नामावली टुंगो लगाई जिम्मेवारी समेत हेरफेर गरेको छ । यसको पूर्ण विवरण सोसाइटीको वेभसाइट  www.nnsociety.org  मा गई हेर्न सक्नुहुनेछ ।
साथै बैठकले सोसाइटीको आफ्नो भवन निर्माणमा लागि पर्न तथा सदस्यता वितरण अभियानलाई अगाडि बढाउन कार्यसमितिबाटै एक समिति बनाई अघि बढ्ने निर्णय गरेको छ ।
 

Share: