नेब्रास्का नेप्लीज सोसाइटीको साधारण सभा सम्पन्न

नेब्रास्का नेप्लीज सोसाइटीको  साधारण सभा सम्पन्न

नेब्रास्का नेप्लीज सोसाइटीको साधारण सभा सम्पन्न

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको वार्षिक साधारण सभा शनिबार ओमाहामा सम्पन्न भएको छ । सोसाइटीका अध्यक्ष राज आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आफ्नो धारणा राख्दै अधिकांश बक्ताहरुले सोसाइटीको लागि तत्काल आवश्यक भवन निर्माणका लागि सही योजना बनाई रकम संकलन गर्नतिर सबै लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सोसाइटीका अध्यक्ष राज आचार्यले सबैको सहयोग मिलेमा आफ्नो कार्यकाल भित्रै कम्युनीटी सेन्टरको स्थापना गर्न आफु लागि परिरहने बताउनुभयो । यो वर्ष सोसाइटीले सदस्यता वितरण कार्यलाई प्रभावकारी ढंगले सुरुवात गर्ने बताउदै आचार्यले नेब्रास्कामा बसोबास गर्ने नेपालीहरुको संख्या विवरण संकलन गरि सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । कार्यक्रममा संचालक समिति तर्फदेखि अनीरुद्र श्रेष्ठ, पूर्वअध्यक्ष विमल अधिकारी, सल्लाहकार हरिओम प्रधान, कम्युनीटी सेन्टर कमिटी सदस्य भिम राइ, यदु सापकोटा, मिना शाक्य, रघु सापकोटा, रविन्द्र आचार्य लगायतले आफ्नो भनाई तथा सुझावहरु प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष धु्रब पौडेलले प्रस्तुत गरेको वार्षिक आयव्यय सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कँडेल र संचालन सचीव धिरेन्द्र न्यौपानेले गर्नुभएको थियो ।


प्रस्तुत भएको आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसाधरणको लागि वेभसाइट मा प्रकाशित गरिने जानकारी गराउदछौँ ।    

 


Download
Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.