नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न!!!

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको  साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न!!!

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न!!!

February 19, 2022, Saturday
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम Bellevue University Campus हातामा सफलतापुर्बक सम्पन्न भएको छ! वर्तमान अध्यक्ष श्री कृष्ण कंडेल ज्युको सभापतित्वमा शुरु भएको साधारण सभामा संस्थाका कोषाध्यक्ष श्री प्रकाश सुवेदी ज्युले प्रस्तुत् गर्नुभएको संस्थाको 2020-2022 को आर्थिक प्रतिबेदन सार्बसम्मत रुपमा पारित् भयो! साथै संस्थाका पूर्व अध्यक्ष क्रमश: देबराज कंडेल, पूर्ण बिक र राज आचार्य ज्युहरुले संस्थाको प्रगती र बोर्ड बाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिको सफलताको कामना समेत् गर्नु भयो!
आगामी बर्ष 2022-2024 को लागि अध्यक्ष पदको जिम्मेबारीमा श्री धिरेन्द्र न्यौपाने ज्यु र उपाध्यक्ष पदको जिम्मेबारीमा श्री सुशील श्रेष्ठ ज्यु सर्बसम्मत रुपमा निर्बिरोध निर्वाचित हुनुभएको छ!
कार्यक्रम को समापन को पूर्व सन्ध्यामा वर्तमान कार्य समितिका अध्यक्ष श्री कृष्ण कंडेल ज्युले संस्थापक ज्युहरु, पूर्व अध्यक्ष ज्युहरु, निर्बाचन समितिका पदाधिकारीज्युहरु सबैलाई टोकन अफ appreciations को रुपमा खादा लगाई सम्मान गर्नु भएको थियो ! साथै संस्थाको बार्षिक Tax Filing मा अनबरत रुपमा सहयोग गर्नु भएका संस्थाका सल्लाहाकार,Tax Officer एबं Naupane Tax Service का Business Owner श्री शालिकराम ज्युलाई पनि अभिनन्दन् recognition गर्नु भयो!
साथै नबनिर्वाचित अध्यक्ष श्री धिरेन्द्र न्यौपाने ज्युले आफ़नो टिम यथाशिघ्र गठन गरी संस्थाको श्रीबृदी को लागि खट्ने विश्वास साधारणसभा समक्ष राख्नु भयो! साधारण सभाको moderation/ संचालन संस्थाका सह -सचिब श्री रघु सापकोटा ज्युले गर्नु भएको थियो!
नब निर्वाचित अध्यक्ष श्री धिरेन्द्र न्यौपाने ज्यु एबं उपाध्यक्ष श्री सुशील श्रेष्ठ ज्युलाई हार्दिक बधाई र सफल कार्यकालको सुभकामना व्यक्त गर्दै साथै आजकै मितिबाट नब निर्वाचित अध्यक्ष ज्युले आफ्नो कार्यभार सम्हालिसक्नु भएको व्यहोरा समेत् सुचित गरियो!
अन्तमा, 2020-2022 मा गठित् टिमलाई एबं संस्थाको उन्नति र बिकासको सन्दर्भमा वहाँहरुले पुर्याउनु भएको अनबरत् साथ, सहयोग र सद्भावको सबै टिमको तर्फबाट साधुबाद एबं कृतज्ञता व्यक्त गरियो!  बर्ष 2020-2022 का कार्य समितिका अध्यक्ष श्री कृष्ण कंडेल ज्यु र सबै पदाधिकारीहरुमा सत् सत् आभार प्रकट गर्दै, साधारण सभाको venue उपलब्ध गराउन सहयोग पुर्याउनु हुने संस्थापक द्वय श्री अनी श्रेष्ठ एबं श्री ज्ञानेन्द्र भण्डारी ज्यु प्रति संस्थाले आभार प्रकट गरियो !!!

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.