नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति गठन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति गठन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति गठन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति गठन नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाले वर्ष २०२२-२०२४ को लागि नयाँ कार्यसमितिको गठन गरिएको छ । सोसाइटीले शनिबार आयोजना गरेको बैठकमा अन्तिम नामावली प्रस्तुत गरिएसँगै कार्यसमितिको टुंगो लगाई पुर्ण बोर्ड गठन गरिएको सोसाइटीका सचिव प्रकास सुवेदिले जानकारी दिनुभयो । संस्थाका नवनिर्वाचित अध्यक्ष धिरेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थित सबै कार्यसमिति सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

नवगठीत कार्यसमिति अन्तर्गत अध्यक्षमा धिरेन्द्र न्यौपाने, उपाध्यक्षमा शुशिल श्रेष्ठ र सुवास बानिया, सचिवमा प्रकास सुवेदी, कोषाध्यक्षमा ध्रुव पौडेल, आइटी अफिसरमा राजीव सापकोटा, पब्लिक रिलेसन संयोजकमा अमर थापा रहनुभएको छ । यसैगरि, कार्यसमिति सदस्यहरुमा बसन्त श्रेष्ठ, मनिषा महर्जन, कल्पु राई खेलकुद संयोजक, इश्वर चौधरी, नवीन प्रकाश अधिकारी, गोमा सापकोटा, टिका नेपाल, ज्ञानेन्द्र आचार्य, केशव पौडेल, विकास ढकाल, प्रकाश कँडेल, अशोक ढकाल, सरोज पन्थ, प्रदिप सुवेदी रहनुभएको नवनिर्वाचित उपाध्यक्ष सुवास बानियाले बताउनुभयो । यसैगरि लिंकन प्रतिनीधि सन्ध्या कार्की र कार्नी प्रतिनीधि प्रिति बस्याल क्षेत्रीय प्रतिनीधिका रुपमा रहनुभएको छ ।

कार्यक्रमका अवसरमा सबै उपस्थित कार्यसमिति सदस्यहरुले सोसाइटीलाई नेब्रास्का बस्ने सम्पुर्ण नेपालीहरुको विश्वास जित्ने खालको कार्यक्रम तथा योजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । बैठकले नेब्रास्कामा नयाँ आउने नेपाली जो कोहीलाई पनि सहयोग पुगोस भन्ने उद्धेश्यका साथ नेब्रास्का आगन्तुक सहयोग समिति गठन गर्ने र छिट्टै विधाअनुरुपको सल्लाहकार समिति गठन गरि सार्वजनिक गर्ने निर्णय गरेको छ । नेब्रास्का आगन्तुक सहयोग समिति अन्तर्गत रहेर सामाजिक सेवा गर्न चाहने इच्छुक नेब्रास्काबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सम्पर्कको लागि समेत सोसाइटीले आब्हान गरेको छ ।


Download
Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.