नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा सम्पन्न!

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा सम्पन्न!

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा सम्पन्न!

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा सम्पन्न !
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा 2020 सफलपुर्बक मिति February 13 तारिक शनिबार सुसम्पन्न भएको छ!
संस्थाका अध्यक्ष श्री कृष्ण कंडेल ज्युको सभापतित्वमा सुरुवात भएको साधारण सभामा संस्थाका सबै तहका पदाधिकारी, संस्थापक ज्युहरु, पूर्व अध्यक्षज्युहरु, सलाहकारज्युहरु, प्रोजेक्ट बोर्ड एक्जिक्युटिभ एबं आम् सदस्यहरुको उपस्थिति रहेको थियो!
संस्थाका सह सचिब श्री रघु सापकोटा ज्युले मोडेरट गरेको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धिरेन्द्र न्यौपाने, प्रेसिडेन्ट सल्लाहकार श्री यदु सापकोटा र बोर्ड of डाइरेक्टर एण्ड IT हेड श्री सुशील श्रेष्ठ ले स्वागत मन्तब्य राख्नु भएको थियो!
संस्थाका संस्थापक द्वय श्री अनि श्रेष्ठ एबं ज्ञानेन्द्र भण्डारी ज्युले साधारण सभाको सफलताको सुभकामना अध्यक्ष मार्फत प्रेसित् गर्नुभएको थियो!
संस्थाका पूर्व प्रेसिडेन्ट ज्युहरु त्रय श्री बिमल अधिकारी, देबराज कंडेल र पूर्ण बि क ले कोभिड प्यान्डेमिकका बाबजुत वर्तमान बोर्डले गरेका कामहरुको उच्च प्रसंसा गर्दै आगामी दिनहरुमा पनि निरन्तरता रहने बिश्वाश व्यक्त गर्नुभयो!
संस्थाका सल्लाहकारहरु श्री हरिओम् प्रधान एबं सुमित्रा न्यौपाने ज्युहरुले संस्थाको आगामी सफल् कार्यक्रमको सुभेक्षा व्यक्त गर्नुभयो, साथै प्रोजेक्ट executive श्री गोबिन्द पौडेज्युले पनि कार्यक्रमको सुभकामना ब्यक्त गर्नु भएको थियो!
संस्थाका बोर्ड of डाइरेक्टर एबं हेल्थ केयर coordinator श्री डा. सुबास बानिया ज्युले कोभिड vaccine registration सम्बन्धि जानकारी गराउंदै रक्तदान कार्यक्रममा सहयोग पुराउनुहुने सबै महानुभाबहरू प्रति कृतज्ञता ब्यक्त गर्दै बर्ष 2021 मा पनि नेब्रास्का नेप्लिज सोसाइटी बाट आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो!
संस्थाको बार्षिक स्मारिका प्रकासन समितिका चिफ एडिटर श्री यदु सापकोटाज्युले प्रकासन कार्य योजना प्रस्तुत गर्नुभएको थियो! कोषाध्यक्ष श्री प्रकाश सुबेदी ज्युले बर्ष 2020 को आर्थिक प्रतिबेदन पेस गर्नुभएको उक्त कार्यक्रम मा सह सचिब रघु सापकोटा ज्युले संस्थाले 2020 मा गरेका कार्यक्रम हरुको संछिप्त प्रकाश पार्नु भएको थियो!
अध्यक्ष श्री कृष्ण कंडेल ज्युको समापन र धन्यवाद मन्तब्य संगै सभा, Zoom Meeting platform मार्फत सम्पन्न भएको थियो!

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.