slot deposit pulsa slot mahjong slot gacor slot gacor slot gacor resmi slot gacor 2025 slot gacor terpercaya slot gacor 2025 slot gacor hari ini slot gacor hari ini slot gacor hari ini
Nebraska Nepalese Society (NNS) | मिस नेपाल यूएस—२०१९ नेब्रास्काको ओमाहामा हुँदै

मिस नेपाल यूएस—२०१९ नेब्रास्काको ओमाहामा हुँदै

मिस नेपाल यूएस—२०१९ नेब्रास्काको ओमाहामा हुँदै

मिस नेपाल यूएस—२०१९ नेब्रास्काको ओमाहामा हुँदै

विजेतालाई हजार अमेरिकन डलर

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस (Miss Nepal US) को सातौँ संस्कररण यस वर्ष आगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा न्यूयोर्कबाट सुरु गरिएको सो प्रतियोगितामा नेब्रास्का नेप्लीज सोसाइटी आयोजक र मिस नेपाल यूएस संरक्षकको रुपमा रही समन्वय गर्ने गरि सहमति भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । अमेरिकामा स्थापना भएका पुराना संस्था मध्येकै एक सन् २००१ स्थापना भएको नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपाली कला, साहित्य तथा संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका खेल्दै आएकाले यो कार्यक्रमको प्रस्ताव सहजै स्विकार गरेको उहाँले बताउनुभयो । आयोजक नेब्रास्का नेप्लीज सोसाइटीले यस वर्ष दशैँ तिहार शुभकामना सँगै मिस नेपाल यूएस २०१९ कार्यक्रम सफल पार्न सम्पुर्ण अमेरिकावासी नेपालीहरुमा सहयोगको अपिल समेत गरेको छ । सोसाइटीका संस्थापक पदाधिकारी , पूर्व अध्यक्षहरु, क्रियाशिल पदाधिकारीहरु तथा सम्पुर्ण नेब्रास्कावासी नेपाली समुदायको निरन्तरको साथ र सहयोगले नै कार्यक्रम सफल हुने  उहाँको  विश्वास छ । 

प्रतियोगिताको विजेताले नगद ५ हजार अमेरिकन डलर धनराशि सहित विभिन्न अवसरहरु प्राप्त गर्ने संस्थापक अध्यक्ष अमित शाहले जानकारी दिनुभयो । अमेरिकामा रहेका १९ देखि २९ वर्ष उमेर समूहका नेपाली यूवतीहरुलाई लक्षित सो प्रतियोगिता सौन्दर्यता सँगै बौद्धिकता मापनको स्वच्छ प्रतिस्पर्धात्मक कार्यक्रम रहेकोले यसमा भाग लिन आयोजकले सबैमा आग्रह गरेको छ । प्रतियोगिताको लागि आवेदन खुला गरिसकिएकोले इच्छुक यूवतीहरुले www.missnepalus.com  मा नाम दर्ता गर्न सकिने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

इम्पावरिंग यूथ, प्रोमाटिङ नेपाल भन्ने नाराका साथ अगाडि बढाइएको सो प्रतियोगिताको हालसम्म अमेरिकाको विभिन्न शहरहरुमा ६ वटा श्रंखलाहरु सम्पन्न भैसकेका छन् । जसअनुसार सन् २०११ मा न्यूयोर्कमा सम्पन्न पहिलो प्रतियोगिताबाट वासिंटन डिसीकि सुजिता बस्नेत, सन् २०१२ मा डिसीमा भएको प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ, सन् २०१३, २०१४ र २०१५ मा न्युयोर्कमा सम्पन्न भएको प्रतियोगिताबाट क्रमश न्यूयोर्ककी बर्तिका राई, आहायोकि खुश्बु मिश्र र नर्थ क्यारोलिनाकि प्रियंका थपलियाले उपाधि हात पारेका थिए । यस्तै गतसाल टेक्सासमा सम्पन्न प्रतियोगिताबाट नेब्रास्का ओमाहाकी डिलासा न्यौपानेले मिस यूएस -२०१८ को ताज हात पारेकी थिइन् । 

कार्यक्रमसम्बन्धी थप जानकारीको लागि आधिकारिक इमेल inf@missnepalus.com वा वेभ www.missnepalus.com मार्फत सम्पर्क गर्नुहुन आयोजकले सबैमा अनुरोध गरेको छ ।

Share: