slot deposit pulsa slot mahjong slot gacor slot gacor slot gacor resmi slot gacor 2025 slot gacor terpercaya slot gacor 2025 slot gacor hari ini slot gacor hari ini slot gacor hari ini
Nebraska Nepalese Society (NNS) | एन एन एस (NNS) को कन्सर्ट आयव्यय सार्वजनिक (नाफा या घाटा के भयो ?)

एन एन एस (NNS) को कन्सर्ट आयव्यय सार्वजनिक (नाफा या घाटा के भयो ?)

एन एन एस (NNS) को कन्सर्ट आयव्यय सार्वजनिक  (नाफा या घाटा के भयो ?)

एन एन एस (NNS) को कन्सर्ट आयव्यय सार्वजनिक (नाफा या घाटा के भयो ?)

नेब्रास्का नेप्लीज सोसाइटीले आयोजना गरि सम्पन्न गरेको नया वर्ष शुभकामना साँझ तथा हिमाल सागर लाइभकन्सर्टको आयव्यय सार्वजनिक गरेको छ । 
शनिवार आयोजित सोसाइटीको विशेष बैठकको अवसर पारी सोआयव्यय सार्वजनिक गरिएको हो ।

सोसाइटीका अध्यक्ष राज आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा सचिव धिरेन्द्रन्यौपानेले आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

जसअनुसार जम्मा आम्दानी ७ हजार ६ सय २६ डलर ($7,626.00), खर्च ५ हजार ७ सय ४६ डलर ($5,746.00) गरि 
जम्मा १ हजार ८ सय ७९ डलर ($1,879.00) नाफा देखिएको छ ।
  
जसअन्तर्गत आम्दानीतर्फ टिकटबाट ४ हजार ५ सय २५ डलर ($4,525.00), विभिन्न संस्थाको स्पोन्सरबाट  २ हजार डलर ($2,000.00), 
ड्रिंक्सबाट १ हजार १ ($1,001.00) र नविन सापकोटाको तर्फदेखि १ सय डलर ($100.00) सहयोग रहेको छ ।  
      
यसैगरि खर्चतर्फ कलाकार प्लेन भाडा (नेपाल-अमेरिका) अन्तर्गत १ हजार २ सय ३ डलर ($1,203.00), कलाकार स्टेज प्रस्तुति १ हजार डलर ($1,000.00), कार्यक्रम हल खर्च ८ सय डलर ($800.00), साउण्ड सिस्टम तथा 
स्टेज सजावटमा १ हजार ५ सय डलर ($1,500.00), ड्रिंक्स खरिदमा ७ सय ३९ डलर ($739.00), 
सेक्युरिटी व्यवस्थापनमा २ सय डलर ($200.00), अल्कोहल अनुमतिपत्रमा ६८ डलर ($68.00) 
र विविधसाना खर्च गरि २ सय ३६ डलर ($236.00) रहेको छ ।
    
केही विलहरु प्रमाणित हुन बाँकि रहेकोले पछि केहि सानो रकम खर्चमाजोडिने र अर्को बैठकमा जानकारी 
गराइने समेत बैठकमा जानकारीगराइएको थियो । 

यसैगरि बैठकले विभिन्न विषयहरुमाथि छलफल गरि निम्नलिखित निर्णयहरु गरेको छ :

  1. नया वेभसाइट निर्माणको लागि भएको खर्च १ हजार ९ सय ५० डलर बैठकले पारित  गरेको छ । करिव ५ देखि ६ हजार डलरको लागत लाग्ने वेभसाइट सोसाइटीका आइटीअफिसर राजेन्द्र श्रेष्ठले बाँकि रकम सोसाइटीका लागि आफु र आफ्नो कम्पनिले सहयोग गनुभएको हो ।
        
  2. कम्युनिटि सेन्टर प्रोजक्ट कमिटिको संयोजकमा इश्वर ढकाललाई चयन गरेको छ । छिट्टै सोसाइटीले कमिटिकोमिटिङमा छलफल गरि कामलाई तिव्रता दिइनेछ ।
      
  3. बैँकमा साधारण अपरेटिङ खातामा रहेको रकम मध्ये २० हजार डलर रकम कम्युनिटि सेन्टर प्रोजेक्ट खातामा ट्रान्सफर गर्ने निर्णय गरेको छ ।
       
  4. आगामि कार्यक्रम गर्नको लागि हल व्यवस्थापन समितिमा साँस्कृतिक कार्यक्रम संयोजक अमर थापाको संयोजकत्वमा राज आचार्य, राजेन्द्र श्रेष्ठ, धिरेन्द्र न्यौपाने र राजीव सापकोटा सम्मेलित ५ सदस्यिय समिति गठन गरिएको छ ।
     
  5. सोसाइटीको मिटिङ अव प्रत्येक महिनामा एक पटक नियमित हुनेछ जसमा महिनाको अन्तिम शनिवार अन्तिम आइतवार पालैपालो हुनेछ स्थान समयको लागि भने सबै बोर्ड मेम्बरहरुले इमेल प्राप्त गर्नुहुनेछ
     
  6. साउण्ड सिस्टम रिपेयर तथा सिकागो इभेन्टको लागि अध्यक्ष राज आचार्यले संयोजन गनुहुनेछ
     
  7. एसियन फेस्टिवलको लागि सुमित्रा न्यौपानेको संयोजकत्वमा अमर थापा धिरेन्द्र न्यौपाने सम्मेलित समितिले सबै जिम्मेवारी सम्पन्न गर्ने
     
  8. संयोजक अमर थापाको संयोजकत्वमा तीज कार्यक्रमको लागि हल तथा अन्य व्यवस्थापनको लागि जिम्मा दिने हलको आधारमा सेप्टेम्बर वा मा कार्यक्रम गर्ने अर्को बैठक सम्ममा अन्तिम निर्णय गरिसक्नुपर्ने
     
  9. कोषाध्यक्ष धु्रव पौडेलको संयोजकत्वमा अहिलेसम्मको आर्थिक हिसावकिताव सार्वजनिक रुपमा वेभसाइटमा राख्ने, त्यसको लागि विवरण आइटि अफिसर राजेन्द्र श्रेष्ठसँग उपलब्ध गराउने
        

साथै बैठकले अन्य विषयहरुमा समेत छलफल गरि निर्णय गरेको छ । सोसाइटीले सबैको सहयोगको कारण कार्यक्रम समग्रमा सफल रहेकोले सवै नेब्रास्काबासी नेपाली
दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

    
बैठकमा अध्यक्ष राज आचार्य, उपाध्यक्ष कृष्ण कँडेल, सचीव धिरेन्द्र न्यौपाने, आइटी अफिसर राजेन्द्र श्रेष्ठ, संयोजकहरु सुमित्रा न्यौपाने र कल्पु राई सदस्यहरु 
राजीव सापकोटा, रमेश केसी, सल्लाहकारहरु विनोद खड्का र हरिओम प्रधान, कम्युनिटि सेन्टर प्रोजेक्ट संयोजक इश्वर ढकाल लगायतले आफ्नो भनाई राख्नुभएको थियो । 


Download
Share: